नेपाली
सोजेट (SOGET) नाउँ उत्कृष्ट अनुवादहरूको
पर्यायवाची हुन गएको छ।
30 वर्ष भन्दा बढ़ीको अनुभवमाथि अधारित हाम्रो
संस्था बहुभाषी दस्तावेजहरू तयार पार्ने
कार्यमा विशेषज्ञता हासील गर्ने इटालीको
सर्ववृहत् संगठन हो।
सबै प्रमुख भाषाहरूमा हामीद्वारा प्रदान गरिने
सेवाहरूमा लेखन (प्राविधिक लेखन तथा सम्पादन),
स्थानीयकरण, ग्राफिक्सहरू र क्याड (CAD),
पृष्ठ विन्यास एवं मुद्रण सामेल छन्।
अन्तर्राष्ट्रीय संचारलाई सुचारू बनाउन
मल्टीमिडिया उत्पादनहरू, इन्टरनेटमा देखाईने
आकृतिहरू (Net Visuals) र वेब (Web) पृष्ठहरू
जस्ता विस्तृत सेवाहरू पनि प्रदान गरिन्छ।
हाम्रो संगठनको संचालन आईएसओ ISO 9001 मानक
पालन गर्ने एउटा गुणवत्ता प्रणाली मार्फत हुने
गर्छ, कार्य-पद्धतिमा निम्नलिखित सामेल छन्:
- मातृ-भाषा बोल्ने अनुवादकहरूको प्रयोग
- सम्पूर्ण उत्पादन चरणहरूको स्वचालीकरण
- सतर्कतापूर्ण चयन तथा सबै कर्मचारीहरूको
निरंतर प्रशिक्षण
- शब्दावली संसाधनहरूलाई निरंतर अद्यावधिक
पारिनु तथा भाषा विशेष शब्द सुचीको सृजना तथा
प्रयोग
- उच्च गुणस्तर बराबर कायम राख्न कम्प्युटर
समर्थित अनुवाद प्रविधिहरू (अनुवाद स्मृति) को
प्रयोग
- सबै प्रमूख सॉफ्टवेयर प्रोग्रामहरूमा
प्रयोज्य
- गुणवत्ता माथि कडा नियत्रंण
योग्य परियोजना म्यानेजरहरूद्वारा हरेक
कार्यको सुपरीक्षण, संसाधनहरूको व्यवस्थापन
तथा ग्राहकहरूका अपेक्षाहरूको जांच गरिन्छ।
यसै गरि, मेकिनतोश (Macintosh) र विंडोज
(Windows) हरूका लागि हाम्रा सॉफ्टवेयर
प्रोग्रामहरूलाई निरंतर अद्यावधिक पारिने
हुँदा हाम्रा ग्राहकहरू आफ्ना संसाधनहरू सबै
खाले प्रोग्रामहरूमा प्रयोज्य हुने कुरा बारे
आश्वस्त हुन सक्छन।
यसर्थ, हाम्रा ग्राहकहरूको संख्या 5,000 भन्दा
धेरै छन अथवा तिनीहरूको विश्वासले ठूल-ठूला
कम्पनीहरूका उच्च-स्तरीय विवरण-पुस्तिकाहरू
देखि लिएर अग्रणी अन्तर्राष्ट्रीय
परियोजनाहरूका निम्ति नियमावलीहरू सम्म सबै
प्रकारका सामग्रीहरू तयार पार्ने कार्यमा
हामीलाई विशेषज्ञता प्रदान गरेको छ भन्ने तथ्य
कुनै आश्चर्य हैन। मोल जान्न खोज्नु भएको
खण्डमा तपाईंले हाम्रा सेवाहरू युरोपेली
बजारमा सबै भन्दा प्रतिस्पर्धात्मक रहेको
बुझ्न सक्नु हुने छ।
This page in PDF
This page in Flash